गोरखा : गोरखा जिल्ला पालुम्टार नगरपालिका पण्डित गाउँमा बसोबास गरि हाल चितवन जिल्ला भरतपुर महानगरपालिका भित्र बसोबास गर्ने देवकोटा बन्धु दाजुभाईहरुको आज भरतपुर महानागरपालिकाको वडा नं. ३ मा भेला सम्पन्न भएको छ । भेलाले चेतनाथ देवकोटाको संरक्षकत्वमा एक कार्य समिति समेत गठन गरेको छ । समितिमा संयोजक शिवहरि देवकोटा, सचिव गणेश चन्द्र देवकोटा, कोषाध्यक्ष नयन देवकोटा सर्व सहमतिबाट चयन भएको समितिका संयोजक शिवहरि देवकोटाले बताए । भेलामा सुरेन्द्र देवकोटा, रामचन्द्र देवकोटा, रामशरण देवकोटा, पुरुषोत्तम देवकोटा, पशुपति देवकोटा लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । भेलाको निर्णयले दुखि तथा असहाय व्यक्ति तथा परिवारलाई सहयोग तथा विभिन्न किसिमका सामाजिक कार्य एवं सामाजिक उत्तरदायित्वका कार्यहरु गर्ने निर्णय समेत गरेको छ । भेला पुनः आगामी पौषको तेस्रो साता शनिवार बस्ने निर्णय भएको संरक्षक चेतनाथ देवकोटाले बताए।