काठमाडौं । राष्ट्रवादी नागरिक समाजले सरकारविरुद्ध विरोध कार्यक्रमको आयोजना गरेको छ । समाजले आज(आइतबार) दिउँसो रत्नपार्कस्थित शान्तिबाटिकामा राजतन्त्र पुनःबहालीको माग गर्दै महङ्गी र भ्रष्टाचारविरुद्ध विरोध कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रवादी समाजका संयोजक चन्द्रबहादुर रामदाम(चवरा), उप संयोजक लक्ष्मी मल्ललगायत करिब ३५ जनाको संख्यामा भएको विरोध कार्यक्रममा राजतन्त्र जिन्दवाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, नालायक सरकार राजीनामा दे, गणतन्त्रका मतियारहरु होशियार, महङ्गी कालोबजारी नियन्त्रण गर लगायतका नाराबाजी गरिएको छ ।