भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको छ । इसरोले समाजिक सञ्जाल एक्स (ट्विटर)मा पोस्ट गर्दै ‘मिसन गगनयान’ सुरु गरिएको जनाएकोे हो । इसरोले गगनयानका लागि मानवरहित परीक्षण उडान सुरु गर्नेछ, फ्लाइट टेस्ट भेहिकल एबोर्ट मिसन–१ (टिभी–डि वान) तयारी भइरहेको र यसले क्रु इस्केप सिस्टमको प्रदर्शन जर्ने जनाएको छ ।
इसरोका अनुसार यो परीक्षण उडानले बाँकी योग्यता परीक्षण र मानवरहित मिसनका लागि आधार तयार गर्नेछ । जसबाट भारतीय अन्तरिक्षयात्रीहरूसँगै पहिलो गगनयान मिसन सुरु हुनेछ ।
गगनयान मिसनको पहिलो परीक्षण उडानका लागि फर्स्ट क्रस मोडुल सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै इसरोले टेस्ट भेहिकल (टिभी–डि वान) को पहिलो उडानको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ । रासस