नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामूख कृष्णबहादुर महराका छोरा राउल महरासहित ४ जनालाई मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी वकिल कार्यलयलाई सुझाब दिएको छ ।

विद्युतीय चुरोट (भेप) मार्फत अवैध सुन तस्करी गरेको आरोप लागेका महराका छारा राहुलसहित दावा छिरिङ,लोकेन्द्रबहादुर पौडेल र निमा गुरुङविरुद्ध मुद्दा चलाउन राय दिएको छ । (सिआईबी)ले सरकारी वकिल कार्यलयलाई शुक्रबार प्रतिवेदन बुझाएको छ ।