काठमाडौं । नेकपा(बिप्लब) उपत्यका ब्यूरो, जवस मोर्चाले ईजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि प्रदर्शन गरेको छ । नेपालीहरुको सुरक्षाको माग गर्दै मोर्चाले आज(आइतबार) बेलुका ४ बजेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा नाराबाजीसहित प्रदर्शन गरेको हो ।
मोर्चाको आयोजनामा भएको उक्त प्रदर्शनमा उपत्यका ब्युरो ईन्चाज कृति सि, केन्दीय सदस्य धिरेन्द उपाध्याय(भृकुटी) लगायत करिब ५० जनाको समुह रहेको थियो । भृकुटीको नेतृत्वमा प्ले कार्ड, ब्यानर, झन्डासहित सुरु भएको प्रदर्शनमा उनीहरुले ईजरायल युद्धमा रहेका नेपालीहरूको उद्दार गर, जथाभाबी वैदेशिक रोजगारमा पठाउने कार्य बन्द गर, ईजरायलमा रहेका नेपालीहरूको सुरक्षा गरलगायतका नारा लगाएका थिए ।