काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स बडा दशंै बडा अफर सार्वजनिक गरेको छ ।
कम्पनीले चाडपर्वको अवसरमा नयाँ गाडी खरिदकर्तालाई लक्षित गरी अफर सार्वजनिक गरेको हो । उक्त योजनाअन्तर्गत टाटा आइस रेञ्जका गाडीको खरिदमा सात लाख तीस हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनामा नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू प्राप्त गर्न सक्नेछन् । यसका साथै टाटा ईभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीले जनाएको छ ।
बडा दशैंको शुभ अवसरमा टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाइभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन ईभी, टिगोर इभी र टियागो ईभीलगायतका आइस र ईभी रेञ्जका गाडीहरू अवलोकन र टेस्ट ड्राइभ गर्न पनि गर्न सकिने बताइएको छ ।