काठमाडौं, वैशाख २६ अजोड इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ५१ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा ९१ लाख रूपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले दुुई करोड ६० लाख रूपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मुल्य कायम रहनेगरी ३० करोड रूपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब रूपैयाँ पुुग्ने छ । चालू आवको तेस्रो त्रैमासिक अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी छ रूपैयाँ ६९ पैसा रहेको छ ।