काठमाडौं, वैशाख २६
सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६६ लाख २८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २० लाख ७० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी छ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६३ करोड ४० लाख ८४ हजार रूपैयाँ निक्षेप संकलन गरी ८६ करोड ३३ लाख नौ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड १९ लाख १९ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १६ लाख ९३ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३९ करोड ६४ लाख ८० हजार रूपैयाँ निक्षेप संकलन गरी ५४ करोड १७ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड १८ लाख ९१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३० लाख ९७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ८६ प्रतिशत रहेको थियो ।