काठमाडौं । राप्रपा चन्द्रागिरी नगर कमिटीले नगरपालिकाबाट संचालित योजनाहरु पारदर्शी हुनुपर्ने माग राख्दै नाराबाजी गरेको छ । नगरपालिकाका योजनाहरु पारदर्शी हुनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै कमिटीले चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बलम्बुस्थित चन्द्रागिरी नगरपालिका कार्यालयको गेट अगाडी आज(सोमबार) करिब १२ बजेदेखि नाराबाजी गरेको थियो ।
राप्रपा चन्द्रागिरी नगर कमिटी अध्यक्ष रन्जन कुमार गिरिको नेतृत्वमा करिब ७० जनाको उपस्थितिमा भएको प्रदर्शनमा उर्लदो महङ्गी नियन्त्रण गर, कालो बजारीलाई कारबाही गर, सार्वजनिक सम्पत्तिको छानबिन गर, भ्रष्टाचारको अन्त्य गर, बजार अनुगमन तत्काल सुरु गर, नगरपालिकाबाट संचालित योजनाहरु पारदर्शी गर लगायतका नारा लगाइएको थियो ।
विभिन्न नारासहित गएको उक्त र्यालीका नगर कमिटी अध्यक्ष गिरिलगायतले नगरप्रमुख घनश्याम गिरिलाई करिब सवा १ बजेतिर ज्ञापनपत्रसमेत बुझाएका थिए । त्यसपछि भने नारा तितरबितर भएको थियो ।