काठमाडौं । बझाङमा भूकम्पको पराकम्पन अझै गइराखेको छ । गत १६ गते बझाङ जिल्लाको तलकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर ६.३ म्याग्नेच्युट भूकम्प गएको थियो र भूकम्पका पराकम्पन अझै पनि पटक पटक गइरहेको छ । उक्त भूकम्पका कारण बझाङ जिल्लाका ८ वटा स्वास्थ्य संस्थामा पूर्णक्षति पुगेको छ भने ३४ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म प्राप्त जानकारी अनुसार स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या देखिएको छैन । साथै, भूकम्पका कारण बझाङ्गस्थित जयपृथ्वी नगरपालिका ११ की ५२ वर्षीया गुनमती धामी(महिला स्वास्थ्य स्वयंसेविका)को मृत्यु भएको छ । No description available.