काठमाडौं । पहिरोले विभिन्न जिल्लामा गरी दुई जनाको मृत्यु भएको छ । पाल्पा, रामपुर नगरपालिका-१० टोक्सीपोल्याङमा अदम्बरातर्फ जाने भित्री सडकखण्ड जेसीबीले खन्दै गरेको अवस्थामा आइतबार साँझ पहिरो जाँदा पहिरोमा पुरिएर जेसीबी चालक दाङ शान्तिनगर गाउँपालिका बस्ने ३० वर्षीय धनबिर खडकाको मृत्यु भएको छ । पहिरोमा पुरिएर गम्भीर घाईते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी, सिन्धुपाल्चोकस्थित बाह्रबिसे नगरपालिका–३ बालुवास्थित गौथली भीरमा आइतबार दिउँसो पहिरो जाँदा पहिरोमा पुरिएर सोही नगरपालिका–५ बुकाम बस्ने ३४ वर्षीया सोम माया तामाङको मृत्यु भएको छ । सो ठाउँमा घाँस काट्ने क्रममा पहिरो जाँदा पुरिएर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।