काठमाडौं, वैशाख २६
स्वदेशी लघुुवित्त वित्तीय संस्थाको खुुद मुनाफा बढेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ३९ लाख ६८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ८१ लाख ७१ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २७ करोड ६० लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २३ करोड ९० लाख ६७ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८१ करोड ७७ लाख ५३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ८१ लाख ३२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ५८ लाख ८९ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव १६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९१ करोड २९ लाख ९५ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब चार करोड ९० लाख तीन हजार पाँच सय रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड १८ लाख ६७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ८६ लाख ५० हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९९ प्रतिशत रहेको थियो ।