सुनसरी । खुकुरी प्रहारबाट इटहरी उपमहानगरपालिकास्थित मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको मृत्यु भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै विराटनगरस्थ्ति न्युरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका–९ बस्ने ४९ वर्षीय निमा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा कमालालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।