काठमाडौं, वैशाख २६
एक्सेल डेभलपमेन्ट बैंकको खुुद मुनाफा घटेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड ६० लाख ७२ हजार तीन सय ७२ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ११ करोड ४४ लाख २९ हजार पाँच सय छ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार नौ सय ७५ रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ अर्ब आठ करोड ९० लाख ३६ हजार एक सय चार रूपैयाँ निक्षेप संकलन गरी सात अर्ब ९० करोड ६५ लाख ८८ हजार नौ सय ९२ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड ९६ लाख ८६ हजार सात सय २४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा एक करोड १५ लाख ८० हजार तीन सय १५ रूपैयाँ मात्र रहेको बैंकको स्प्रेड दर भने पाँच दशमलव ७६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले सात अर्ब ४३ करोड ७५ लाख १२ हजार छ सय ८४ रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३४ करोड ५१ लाख ७७ हजार चार सय ४२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड १८ लाख ८५ हजार नौ सय ५९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा एक दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा बैंकको स्प्रेड दर भने छ दशमलव ४० प्रतिशत रहेको थियो ।