काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले राष्ट्रिय आर्थिक बहस, सुधारको लागि सहकार्य कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री तथा नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)को उपस्थितिमा लाजिम्पाटस्थित होटल र्याडिसनमा बिहान सुरु भएको कार्यक्रममा देशको आर्थिक अवस्थाको बारेमा छलफल हुने छ ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाल, नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल, नेपाल चिनी उद्योग संघका अध्यक्ष शषिकान्त अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल राष्ट्र बैंकका कार्यवहाक गभर्नर बम बहादुर मिश्र, नेपाल उद्योग परिषद्का कार्यवहाक विरेन्द्र राज पाण्डे, अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार पोषराज पाण्डेलगायत करिब डेढ सय जनाको उपस्थिती रहेको छ ।