काठमाडौं । राष्ट्रिय आर्थिक बहस ‘सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक भएको बताएका छन् । उनले अहिले पनि अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए ।
नेपाललाई कता र कसरी लैजाने भन्ने कुरामा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भएको उनले बताए ।
अर्थतन्त्र गम्भीर अवस्थामा भएको हुँदा यदि हामी बोल्ड डिसिजन लिनेतिर अगाडि बढेनौ भने हामी झन् अप्ठ्यारो परिस्थितितिर जान सक्ने खतरा रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।