श्रीलंका । श्रीलंकाले संयुक्त अरब इमिरेट्स (यूएई)सँग व्यापार र लगानी प्रवद्र्धन गर्न संयुक्त आर्थिक परिषद् स्थापना गर्ने प्रस्ताव गरेको छ । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्दनाले युएईको विदेश मन्त्रालयका आर्थिक तथा व्यापार मामिला राज्यमन्त्री अहमद बिन अली अल सयेघसमक्ष बुधबार उक्त प्रस्ताव गरेका हुन् ।
श्रीलंकामा व्यापार, ऊर्जा, आतिथ्य र पर्यटनका साथै नवीकरणीय ऊर्जा परियोजनामा लगानी वृद्धिको प्रचुर सम्भावना रहेकाले आर्थिक सम्बन्ध विस्तारका लागि आर्थिक साझेदारी सम्झौताको सहयोगलाई अन्तिम रूप दिन छिट्टै वार्ता सुरु गर्नुपर्नेमा यूएईका विदेशमन्त्री अल सयेघले सहमति जनाएका हुन् । यूएई श्रीलंकाको लागि आठौँ निर्यात गन्तव्य हो ।