काठमाडौं । तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० जना नेपालीले इजरायलबाट फर्किन निवेदन दिएको जानकारी गराएको छ ।
इजरायल(प्यालेस्टाइन युद्ध सुरु भएसँगै अनलाइनमार्फत घर फर्किन चाहने नेपालीहरूका लागि दूतावासले मागेको निवेदन अनुसार अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । दूतावासको भनाइ अनुसार निवेदन दिएका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको छ । नेपाली विद्यार्थीलाई उद्धार गरी शुक्रबार बिहान पहिलो चरणमा १५४ जना नेपाली ल्याइएको छ ।
इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।
हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीे विद्यार्थीले ज्यान गुमाएका छन भने एक जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको खोजी कार्य भइरहेको दुतावासले जानकारी गराएको छ ।
सो आक्रमणमापरी चार जना घाइते भएकामध्ये एक जना नेपाल फर्किसकेका छन् भने बाँकी तीन जनाको इजरायलमै उपचार भैरहेको बताइएको छ । दूतावासले घाइतेमध्ये एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार भइरहेको जनाएको छ ।