काठमाडौं, वैशाख २८
मञ्जुुश्री फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १९ करोड ३२ लाख २७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा चार करोड ५७ लाख ३७ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी ८१ करोड ८१ करोड ३१ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच अर्ब ५० करोड ६२ लाख ३९ हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६१ करोड २० लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २९ करोड ३२ लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ४३ प्र्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ५२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा चार अर्ब ६१ करोड ५५ लाख ४२ हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३९ करोड ७५ लाख ५५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ९१ लाख ७१ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको फाइनान्समा दुुई दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।