काठमाडौं, वैशाख २८
बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८७ करोड ३४ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा २७ दशमलव ४९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २० करोड ४६ लाख ८३ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८९ अर्ब ७७ करोड नौ लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७२ करोड ४९ लाख ८३ हजार रूपैयाँ कर्जा प्र्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ८७ करोड ८७ लाख ८० हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकको वितरणयोग्य नाफा नौ करोड आठ लाख ८३ हजार रूपैयाँ रहेको छ । यो नाफा बैंकको
गत आवको सोही अवधिको तुलनामा एक सय १२ दशमलव ३९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ७३ करोड ३८ लाख रूपैयाँ रहेको थियो । निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५३ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी १३ रूपैयाँ ६३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ५९ रूपैयाँ ९२ पैसा रहेको छ । गत आवको सोही अवधिमा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १२ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी १९ रूपैयाँ ९२ पैसा रहेको थियो भने प्रतिसेयर नेटवर्थ एक सय ७३ रूपैयाँ २१ पैसा रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार रूपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड ६८ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकको खुुद ब्याज आम्दानी दुुई अर्ब ७३ करोड ५२ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।