काठमाडौं । बेष्ट फाइनान्सले अनलाइन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतप्राप्त यस वित्तीय संस्थाले असोज २५ गते बिहीबारदेखि स्तरोन्नतिसहितको योअनलाइन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देश र विदेशमा रहेका नेपालीहरूलाई खाता खोली बैकिङ कारोबार गर्न अनलाइन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा, थप वित्तीय सेवाहरूसहित सो सेवालाई स्तरोन्नति गरी अनलाइन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको बेष्ट फाइनान्सले जनाएको छ । यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरूले सहज तथा सरल तरिकाले अनलाइन खाता खोल्न सक्नेछन् । साथै भिडियो केवाईसीमार्फत ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने बताइएको छ । केवाईसी अध्यावधिक नभएका विद्यमान ग्राहकहरूले अनलाइनमार्फत केवाईसी अध्यावधिक गर्न सक्ने सुविधा समेत रहेको फाइनान्सले जनाएको छ ।