नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरि निगमले पट्रोलको मुल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँका दरले घटाएको छ । भारतको (आईओसीबाट) मूल्य घटेर आएका कारण मूल्य समायोजन गरिएको निगमले बताएको छ । अब नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।