काठमाडौँ । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।
गए राति उनी चीन प्रस्थान गरेको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको खतिवडाले बताए ।
नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा. डा. युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेका छन् । यही अक्टोबर २२ मा नेताहरुको टोली स्वदेश फर्किने कार्यक्रम रहेको छ ।