काठमाडौैँ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर सोमबारबाट नयाँ नोट साट्न पाइने सुविधा दिएको छ ।
हरेक वर्ष चाडबाडको समयमा राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइनेछ ।
राष्ट्र बैंकले काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने जनाएको छ । रू पाँच, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइनेछ । वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन् ।