काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न आग्रह गरेका छन् । उनले आज(मंगलबार) ११औँ गैरआवासीय नेपाली विश्वसम्मेलनको उद्घाटन समारोहमा यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका राष्ट्रपतिले आफ्नो मन्तव्य दिने क्रममा आफूहरू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न आग्रह गरे ।