काठमाडौं । गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मंगलबार प्रदर्शन गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले मंगलबार दिउँसो काठमाडौंस्थित इजरायली दूतावास अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले प्यालेस्टाइनी जनतामाथि इजरायल र अमेरिकाले आतंक फैलाएको आरोप लगाएका छन् ।