काठमाडौं । नेकपा (माओवादी केन्द्र) कामनपा–१६ वडा समितिले नेपालीहरूको महान चाड बिजया दशमी, शुभ दिपावली र नेपाल सम्वत् ११४४ एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कामनपा–१६ वडा समिति अध्यक्ष सुदन थापाको अध्यक्षतामा कामनपा–१६ नयाँबजारस्थित सम्राट पार्टी प्यालेसमा भएको कार्यक्रम आज(बुधबार) करिब ९ बजेबाट सुरु गरिएको हो ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत गरिएको उक्त कार्यक्रम ‘माक्र्सवाद लेलिनवाद माओवाद जिन्दावाद, जन–जनमा माओवादी घर–घरमा माओवादी’, भन्ने मूल नाराका साथ सुरु गरिएको थियो ।
कार्यक्रममा पार्टीका उपमहासचिव तथा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा (प्रभाकर), केन्द्रिय सदस्य झक्कुप्रसाद सुवेदी, केन्द्रिय सदस्य काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेल, केन्द्रिय सदस्य काठमाडौं महानगरपालिका इन्चार्ज मुक्ति प्रधान, पार्टी केन्द्रिय सदस्य तथा कामनपा–१६ कमान्डर जन्मदेव जैसी, केन्द्रिय सदस्य पुष्प बिक्रम मल्ललगायत करिब डेढ सयभन्दा बढीको उपस्थित रहेको छ ।