काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभाँश पारित भएको छ । बैंकको मंगलबार सम्पन्न भएको २९ औं बार्षिक साधारण सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको हो ।
सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।