काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ । दशैँको अवसर तथा कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट प्रदान गर्नेगरी अफर ल्याइएको कम्पनीले जनाएको छ ।
यो अफर सेल्सबेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागू हुनेछ । घरायसी, खाद्यान्न तथा किचनका सामानहरुमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विस्वास लिएको छ । क्यास ब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको बताइएको छ । कम्पनीका अनुसार वाइनमा २० प्रतिशतसम्म तथा इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको छ । यस्तै हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिने व्यवस्थ समेत सेल्सबेरीले मिलाएको छ ।
त्यसैगरी सेल्सबेरीले काठमाडौंको महारागञ्जमा नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ । अत्याधुनिक सुविधासम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँ पनको झझल्को दिन सेल्सबेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङगले जानकारी दिए । ‘यो भवन सपिङमा नयाँ गन्तव्यका रुपमा विकसित हुनेछ,’ उनले भने, ‘नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिदैछौँ ।’ ग्राहकले ग्रोसरी, घरायसी, इलेक्ट्रोनिक्सलगायत सम्पूर्ण सामानहरु एकै भवनबाट ग्राहकले खरिद गर्न सक्नेछन् । साथै निकट भविष्यमा रुफटप रेस्टुरेन्ट, स्विमिङ पुल, ज्याकुजी, स्पा, रेडिमेट गार्मेन्ट्स, फर्निचरलगायत होम डेकोरका सामानहरु समेत कम्पनीले जनाएको छ ।