काठमाडौं । नौलो भेन्चरले रोटर्याक्ट क्लब अफ लिबर्टी कलेजसँगका सहकार्यमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । कम्पनीले ‘दशैँ दक्षिणा पासिङ अन द स्माइल’ कार्यक्रमको टिकटबाट संकलन भएको रकम देख्खी छिरिङ होमलाई सहयोगस्वरुप शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको हो ।
उक्त संस्थाले विभिन्न ठाउँमा दुःख पाएका र टुहुरा बालबालिकाहरुलाई ल्याएर कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने गरेको छ । संस्थामा हाल एक सय १२ जना बालबालिकाहरु छन् । नौलो भेन्चरलाई लिबर्टी कलेजले दिएका यो एउटा प्लाटफर्म हो, जसमा विद्यार्थीले किताबमा भएको सीमित ज्ञानलाई प्रयोगात्मक विधिमार्फत आफूमा भएको कमीकमजोरीहरु सुधार गर्ने मौका पाएका छन् । यस प्लाटफर्मले अध्ययन र प्रयोगमा रहेको दूरीलाई जोड्ने हुँदा एक विद्यार्थीको नेतृत्व र व्यवस्थापन कलाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।