काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ खुलाएको छ । ललितपुरको सातदोबाटोबाट १३ किलोमिटर दूरीमा रहेको लेले बसपार्कनजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ खुला गरेको जनाएको छ ।
लेले बसपार्कबाट दुई सय मिटरभित्र पर्ने उक्त कोलोनी द पीएम ग्रुप अफ कम्पनी र युवा विकासको सहकार्यमा निर्माण भइरहेको छ । सरकारी मापदण्डअनुसार २० फिट र १६ फिटको सडक पहुँच भएको कोलोनीमा एक सय ३० वटा घडेरी तयार गरिएकोमा २८ वटा अढाई तल्लाका बंगला र एक सय दुईवटा घडेरी बिक्री गर्न लागिएको हेरिटेज हेभन हिल्सले जनाएको छ । बंगला तथा घडेरी बुकिङ भइरहेको जनाएको कम्पनीले दशैँ तथा तिहारमा बुकिङ गर्नेहरुका लागि विभिन्न किसिमका अफरहरु पनि सञ्चालन गरेको छ । दशैँमा बैना वा पास गर्नेहरुले विशेष छुट र लक्की ड्रमार्फत टाटाको नेक्सन कार जित्न सक्ने जनाएको कम्पनीले जग्गा खरिदकर्तालाई जग्गाा बैना गरेकै समयमा एउटा आइफोन १४ प्रो म्याक्स उपहारमा दिने बताइएको छ । टिकटकमा भिडियो बनाउनेहरुलाई पनि पाँचदेखि १५ हजारसम्म नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ ।
सरकारको मापदण्डबमोजिम न्यूनतम चार आना दुई दामदेखि माथिका घडेरीहरु उपभोक्ताका लागि उपयुक्त हुने जनाएको कम्पनीले चार आना दुई दाममा बन्ने अढाई तल्ले बंगलाको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकेको छ भने प्रतिआना १२ लाख ९९ हजारदेखि १५ लाख ५० हजाररुपैयाँको दरमा दरमा घडेरी किन्न सकिनेछ । पाँच वर्षसम्मका लागि ५५ प्रतिशतसम्म फाइनान्सिङ सुविधामा बंगला तथा घडेरी खरिद गर्ने व्यवस्था गरिएको जनाएको कम्पनीले वैदेशिक रोजगारीमा भएकाहरुलाई ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।