काठमाडौं, वैशाख २९
मुुक्तिनाथ विकास बैंकले राहत सामग्री सहयोग गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लक डाउनको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरूलाई देशको विभिन्न स्थानहरूमा गई राहत सामग्री वितरण गरेको हो । सोअनुसार बैंकको शाखा कार्यालय घोराहीले घोराही उप–महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामग्री बैंकको घोराही शाखाका शाखा प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनतकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुुन् ।
यसैगरी, बैंकले धनगढी उप–महानगरपालिका ०४ मा पनि राहत सामग्री सहयोग गरेको छ । सहयोग सामग्री बैंकका धनगढी शाखाका शाखा प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका – ०४ का प्रमुख पदमराज सापकोटा र सुन्दर सुदुरपश्चिम यातायात प्रालिका प्रमुख दिपक थापालाई हस्तान्तरण गरेका हुुन् । साथै, बैंकले नार्गाजुन ०४, काठमाडौँंको शक्तिकुमारी टोल सुधारलाई राहत सामग्री सहयोग गरेको छ । सहयोग सामग्री बैंकका सीतापाइला शाखाका शाखा प्रमुख विजय उप्रेतीले शक्तिकुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुुन् । बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।