काठमाडौं । कुमारी क्यापिटल लि.ले पाचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाताहरू, नेपाल रेडक्रस सोसाइटी तथा कामपा वडा नं. १ लाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
कम्पनीले आगामी वर्षहरूमा पनि मानवीय सेवामा सबैको साथ र सहयोगको अपेक्षा गर्दै यस संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज रूपमा यहाँहरू समक्ष पु-याउने जानकारी गराउँदै २०८० सालको विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरको छ ।