काठमाडौं, वैशाख २९
एभरेष्ट बैंक कर्मचारी परिवारले ३० लाख रूपैयाँबराबरको राहत सामग्री सहयोग गरेको छ । कर्मचारीहरूले लकडाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरूलाई राहत सामग्री वितरण गरेका हुुन् । यी राहत सामग्रीहरू देशका विभिन्न भागहरूमा स्थानीय निकायहरूको समन्वयकासाथ वितरण गरिएको थियो । राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरूले योगदान गरेका थिए ।
पहिलेदेखि नै खराब अर्थतन्त्र रहेको नेपालमा, हाल यो कोभिड १९ महामारीले थप गम्भीररूपमा नकारात्मक प्रभाव पारेको छ । यस्को अनिश्चित प्रभाव लामो समयसम्म देखिनुको साथै वित्तीय क्षेत्रमा अधिक अस्थिरताको रूप लिन सक्नेछ । एभरेष्ट बैंकका कर्मचारीहरूले, लकडाउनका कारण आप्mनो कमाईको स्रोत गुमाएका विभिन्न परिवारहरूलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरेका छन् । बैंकको सबै प्रादेशिक कार्यालयहरूको समन्वयमा देशको सबै प्रदेशहरूमा राहत वितरण भइरहेको छ । बैंकले यसअघि पनि नेपाल सरकारको कोविड राहत कोषमा एक करोड दुुई लाख रूपैयाँ रकम प्रदान गरिसकेको छ ।
हाल एभरेष्टमा ग्राहकहरूको संख्या बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन् । बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यसबाहेक बैंकले हालसालै क्यामेल रेटिङ अन्तर्गत वाणिज्य बैंकहरूको बीचमा सबैभन्दा राम्रो मूल्यांकन गरिएको बैंकको रूपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरू, ३१ राजस्व सङ्कलन काउन्टरहरू र एक सय तीनवटा स्थानमा एटीएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्कमार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।