काठमाडौँ, शनिबारदेखि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले कार्यभार सम्हालेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको भए पनि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । नवनिर्वाचि अध्यक्ष केसीले सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने बताएका छन् । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ ।