काठमाडौँ, इजरायल युद्धमा मारिएका विद्यार्थीप्रति परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालका लागि इजरायली राजदूत हानान गोदरले श्रद्धाञ्जली अर्पण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मन्त्री साउद तथा राजदूत गोदर पुगेर इजरायलबाट आइतबार ल्याइएका विद्यार्थी शवप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
हालसम्म दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट र कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको छ । उनीहरुको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । धनगढीबाट पीडितको घरसम्म शव पुर्याइनेछ ।