पाल्पा । आइतबार बागमती प्रदेश ७२०९ नम्बरको जीप पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा दुर्घटना भएको छ । जीप खोलामा खसेर तीन महिला, दुई बालक र एक पुरुषले दुर्घटनामा ज्यान गुमाएका छन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले दुर्घटनामा गम्भिर घाइते भएका एक जनाको उद्धार गरेको छ ।