काठमाडौं । नेपाली सेनाको स्काई ट्रकमार्फत इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये काठमाडौं ल्याएका चार जनाको शव धनगढी लगिएको नेपाली सेनाले जनाएको छ । आइतबार बिहान काठमाडौँ ल्याइएको दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशिष चौधरीको शवलाई अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो ।