काठमाडौं, वैशाख ३० नियमित बजार अनुगमनका क्रममा सोमबार नै विभागले दुई पसललाई कारबहीस्वरुप जरिवाना गरिएको छ । बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको भन्दै हात्तीगौँडास्थित बिगमार्टलाई तीन लाख र म्याद नाघेका सामान बिक्री गरेको भन्दै बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई दुई लाख जरिवाना गरिएको हो । बिगमार्टले एक किलो मासको दालमा दुई सय ७१ रुपैयाँ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।