काठमाडौं । बीपीडब्लू लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । मर्जरको लागि बीपीडब्लू लघुवित्तले यही असोज ३० गते विशेष साधारणसभाको आह्वान गरेको छ ।

संस्थाको विशेष साधारणसभाले सामुदायिक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने प्र्रस्ताव पारित गर्ने तयारी गरेको छ । मर्जरको लागि यी संस्थाबीच एकबराबर शून्य दशमलव ८५ प्रतिशत अर्थात् १ः०.८५ को स्वाप रेसियो कायम भएको छ ।