काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड सात लाख ७४ हजार दुई सय ८६ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ८२ जाख ३१ हजार दुई सय ६२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय एक रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा छ अर्ब ६६ करोड ४९ लाख सात हजार एक सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ८१ लाख १६ हजार सात सय ५४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।