काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्नै घोषणा गरेको छ । संस्थाको यही कात्तिक १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
हाल एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाले १५ प्रतिशतले हुने २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
संस्थाले हाल मुलुकभर ७४ जिल्लामा दुई सय ८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखेको छ ।