काठमाडौं । दशैंपछि सेयर बजार झनै ओरालो लागेको छ । दशैं पछि अर्थतन्त्र केही चलायन हुने अपेक्षा गरेपहिुने अपेक्षा गरिएपनि सेयर बजार भने यसको विपरित ओरालो लागेको छ । दशैको लामो बिदा पछि आज आईतबार पहिलो दिन सेयर बजार खुलेको थियो । तर आज बजार परिसुचक २८ दशमलव १८ अंकले ओरालो लागेर १८ सय ७५ दशमलव ६५ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १६ अंकले ओरालो लागेर तीन सय ६१ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३४ हजार ९० पटकको कारोबारमा २७ लाख १२ हजार एक सय २३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ रुपैंयाँ ५६ पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।