काठमाडौं । कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैैंकले यही कात्तिक दुई गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको हो । सो अनुसार बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर पाइने ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ खरिदको लागि अब यही कात्र्तिक १६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
बैंकले दशैंअघि एक हजार रुपैंयाँ अंकित मूल्य कायम रहने गरी पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्रको बिक्री खुल्ला गरेको थियो । बैंकका अनुसार सेयर निष्काशन एवं बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लि.मार्फत् यही कात्तिक दुई गतेदेखि खुल्ला भएको ऋणपत्रको बिक्री छिटोमा यही कात्र्तिक १२ गते र ढिलोमा यही कात्तिक १६ गते बन्द हुने समय तालिका तोकिएको थियो । बिक्री गरिने कूल ऋणपत्रमध्येमा ६० प्रतिशत अर्थात् तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट बिक्री हुनेछ भने बाँकी ४० प्रतिशत अर्थात् दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ ।