सोलुखुम्बु, वैशाख ३०
सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ३ बाट एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । वडाको नागीयाङ सामुदायिक बनमा अवैध भरुवा बन्दुकसहित स्थानीय २५ वर्षीय प्रदिप राई पक्राउ परेका हुन् । उनलाई सामुदायिक वनमा वन्जयजन्तुको चोरी शिकारी भइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीसँगै रहेका एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी तथा प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलिले राईलाई पक्राउ गरेको हो । राईको साथबाट मरेको कालिज पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।चोरी शिकारीमा संलग्न रहेको अर्का २५ वर्षीय दिपक राई भने फरार रहेको प्रहरीले जनाएको छ । फराए रहेका उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका प्रदिप राईमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दर्नालले बताए । यो क्षेत्रमावन्यजन्तुको चोरी तस्करी हुनेगरेको स्थानीयको भनाइ छ ।