भारत । भारतको आन्ध्र प्रदेशमा आइतबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापटनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापटनम–रगडा रेलसँग ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ५० जना घाइते भएका छन् । सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर गाइतेलाई विजयनगरम र विशाखापटनम अस्पतालमा उपचार गराइएको छ ।
प्रहरीका अनुसार उद्दार कार्य सकिएको छ । दुर्घटनापछि सोही मार्ग भएर चल्ने १८ वटा रेल रद्द गरिएको थियो भने २२ वटा रेलमार्ग परिवर्तन गरिएको थियो । अधिकारीहरूका अनुसार दुर्घटनामा रेलका केही डिब्बा लिकबाट खसेको थियो ।