काठमाडौ । नेपाली सेनाले शे–फोक्सुण्डो ताल भ्रमणमा गएका पदयात्रुहरुलाई उद्धार गरेको छ । डोल्पा जिल्लास्थित शे–फोक्सुण्डो ताल भ्रमणमा गएका नौ जना पदयात्रुहरु हिँड्न नसक्ने अवस्थामा रहेकोले उनीहरुलाई उद्धार गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार पदयात्रीहरुलाई सोमबार उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको हो । यस्तै बाजुराको बडिमालिका नगरपालिका ८, राप्कास्थित स्थानीय बासिन्दाहरूको घरमा लागेको आगोलाई समेत नेपाली सेनाले नियन्त्रणमा लिएको जनाएको छ । सोमबार भएको आगलागी नेपाली सेनाले स्थानीय लगायत अन्य सुरक्षा निकायको सहयोगमा नियन्त्रणमा लिएको हो ।