काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही सोमबार बसेको बैठकले गत आ.व.को खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।