ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा डेरा गरी बस्ने जर्मनी नागरिक डेनियल फुचको कोठाबाट धनमाल चोरी भएको छ । प्रहरीका अनुसार उनको कोठाबाट ल्यापटप तीन थान, क्यामेरा एक थान र नगद ४७ हजार रूपैयाँ गएराति चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।