काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका–६ बस्ने ३७ वर्षीय तुलसी फुयाँललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत, विराटनगर इजलासको २०७९ चैत ८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद, १ करोड रुपैयाँ जरिवाना तथा ४ लाख रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका फुयाँललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जानकारी दिएको छ ।